Breaking News.... EverestOnlineKhabar
August 11, 2026

अघिल्लो सरकारको निर्णय उल्टियोःराष्ट्रियसभा सदस्यका लागि तीन नाम सिफारिस तर गोप्य

Loading

काठमाडौ,फागुन ।
तीन सदस्यीय मन्त्रिपरिषद्को आइतबार बसेको दोस्रो बैठकले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नाम सिफारिस गरेको छ । तर नाम भने गोप्य राखिएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यका लागि ३ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । तर उनले ती नामहरु सार्वजनिक गर्न अस्वीकार गर्दै आवश्यक समयमा सार्वजनिक गर्ने बताएका छन् ।
यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन जनाको नाम अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ सिफारिस गरेको थियो । तर दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed