Breaking News.... EverestOnlineKhabar
June 27, 2026

७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी १० दिनका लागि बन्द हुँदै, विद्युत् कटौतीको समस्या नपर्ने

Loading

काठमाडौं । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।
आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गर्न लागिएको हो ।

वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या निम्तिँदै आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दश दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो । मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई विद्युत् कटौतीको समस्या नपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह एक हजार ५२१ दशमलव ९८ मिटर रहेको छ जुन गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.