Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पुष्पकमल दाहाल माओवादी संसदीय दलको नेतामा सर्वसम्मत

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन ।
आईतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दाहाललाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन । भुषालका अनुसार बैठकमा पार्टी एकता लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

उनले पार्टी एकताका लागि केही सैद्धान्तिक र केही बैचारिक विषयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुनेबारे समेत छलफल भएको जानकारी दिइन ।

सरकारमा समर्थन जनाईसकेकाले पार्टी एकतामा बाँकी रहेका विषयको टुंगो लगाई राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरु लगायत पदबारे प्याकेजमा सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने प्रवक्ता भुषालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.