![]()
काठमाडौ,फागुन ।
वाम एकताको प्रयासलाई अन्तिम रुप दिन आइतबार वाम एकता संयोजन समितिको बैठक बस्दैछ। सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि एकता संयोजन समितिको बैठक बस्न सकेको थिएन। शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटमा भएको छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक तय भएको हो। ओली र प्रचण्डबीच भएको वार्तापछि अड्किएको ठाउँबाटै एकता प्रक्रियालाई निरन्तरता दिने सहमति बनेको बताइएको छ।
माओवादी केन्द्रले एकतासँगै पार्टी तथा सरकारमा हुने पदीय भागबण्डा सबैमा प्याकेजमा सहमति हुने बताउँदै आएको छ । तर त्यस विषयमा कुरा मिल्न सकेको छैन। आइतबार एकता संयोजन समितिको बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा ओलीसँग शनिबार भएको वार्ताबारे जानकारी गराउने छन्।


