Breaking News.... EverestOnlineKhabar
October 2, 2026

बधाईका नाममा प्रधानमन्त्री ओलीको ‘चाकडी’ गर्नेहरुको बालकोटमा ओइरो

Loading

भक्तपुर । प्रतिनिधि र प्रदेश शभा निर्वाचनमा एमाले पहिलो दल र बामगठवन्धनको करिब दुइ तिहाइ मत आएसंगै एमाले अध्यक्ष केपी ओलीको आकर्षण झन बढ्यो । त्यहीबेला देखि नै ओली निवास बालकोटमा राजनीतिज्ञ, कुटनीतिज्ञ, नेता, ब्यापारी, कर्मचारी, नागरिक अगुवा, पत्रकार, कलाकार सबै खालका मानिसहरुको घुँइचो लाग्न सुरु गर्यो । उनीहरु अध्यक्ष ओलीलाई बधाईका नाममा चाकडी बजाउन त्यहाँ गएको सिधै देख्रिन्थ्यो । ओली प्रधानमन्त्री हुने निश्चित भएपछि एक किसिमका अवसरवादी मानिसहरु जहाँ ओली जान्छन, त्यहीं पुग्थे ।

अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका छन । उनलाई बधाई दिनेहरुको संख्या तेब्बर बढेको छ । उनको नीजि निवास बालकोटमा बिहानैदेखि थामी नसक्नुको भीड हुन्छ । मानिसहरु हातमा फूलको बुके र खादा बोकेर घण्टौं लाइनमा बस्छन र प्रधानमन्त्री ओलीलाई बधाई दिन्छन । के त्यो साँच्चिकै बधाई नै हो त ? एकथरी मानिस भन्छन यो बधाईका नाममा सिधासिधा लाज पचाएर गरिएको चाकडी हो । यस्ता घेराबन्दी गर्नेहरु केन्द्रदेखि स्थानीय तहसम्म छन । नेताहरुले यस्ता घेरावन्दी तोडन सके सफल हुन्छन, अन्यथा यही घेरामा निस्सासिएर असफल हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed