![]()
काठमाडौं । न्यायपरिषदमा प्रधानन्यायाधीश गोपाल पराजुली अल्पमतमा परेपछि जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिश गर्ने उनको योजना सफल हुन सकेन।
बुधवार बोलाइएको बैठक बस्न नसकेपछि प्रधानन्यायाधीशले बालुवाटारमै कानुन मन्त्री र न्याय परिषद् सदस्य रामप्रसाद सिटौलासँग केहीबेर परामर्श गरेका थिए । दिउँसो दुई बजे बसेको बैठकमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी अनुपस्थित थिए । आइतबारको बैठकमा उनी आएका थिएनन्। प्रधान न्यायाधीशसँगको विवादका कारण उनी फागुन पहिलो सातासम्म बिदामा छन्।
बैठकमा कामचलाउ भइसकेको सरकारको कानुन मन्त्रीको उपस्थितिलाई लिएर न्यायाधीश पदमप्रसाद वैद्धिकले आपत्ति जनाएका थिए।
हाल सर्वोच्च अदालतमा एक न्यायाधीशको दरबन्दी रिक्त छ। यस्तै, उच्च अदालतमा ११ न्यायाधीशको स्थान खाली छ। जिल्ला अदालतमा ३० न्यायाधीशको स्थान रिक्त भए पनि आन्तरिक ज्येष्ठता बाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन।
न्याय परिषद्को बैठकले उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश प्रभा बस्नेतलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काजमा राख्ने प्रधान न्यायाधीशको निर्णयलाई समर्थन गर्ने र सुर्खेत र जुम्ला इजलासमा कार्यरत उच्च अदालतका न्यायाधीशहरुलाई तुल्सीपुर नेपालगञ्ज इजसलामा तोकिएको काज फागुन १५ सम्म थप गर्ने निर्णय भने गरेको छ ।


