Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल नियुक्त, शपथ बिहीबार

Loading

रूपन्देही । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश ५ को एमाले संसदीय दलको नेता समेत रहनु भएका पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार शपथ लिने कार्यक्रम छ । मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.