Breaking News.... EverestOnlineKhabar
June 26, 2026

क्यानडाले दियो नेपाललाई १९५ रनको चुनौती, श्रीमान्थको नटआउट १०३ रन

Loading

एजेन्सी । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को लिग चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामु १९५ रनको चुनौती पेस गरेको छ । श्रीमान्था विजारन्तेले शतकीय पारी खेल्दै नेपालसामु सम्मानजनक लक्ष्य पेश गरेका हुन ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनाएपछि नेपालले लक्ष्य पाएको हो । क्यानडाका अन्य खेलाडीले राम्रो रन बनाउन नसकेपनि श्रीमान्थाले राम्रो प्रदर्शन गर्दै नटआउट १०३ रन बनाए ।

क्यानडाका हाम्जा तारिकले २४, सत्सिमरञ्जित धिन्ड्सले १८ र साद बिन जाफरले १० रन बनाएका थिए । नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए । त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले २, करण केसी र शरद भेषवाकरले समान १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.