![]()
काठमाडौं । उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको तयारी सुरु भएपछि उपप्रधान मन्त्री थापाले मन्त्रालयबाट बिदा लिएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा मन्त्री थापाले त्यसको केही घण्टा अगाडि नै मन्त्रालयबाट बिदा लिएका हुन । उनलाई सचिब अनुप उपाध्यायले ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरी बिदा गरे ।
थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो ।


