Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक सदस्यको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै प्रधानमन्त्री देउवाले पनि राजीनामा दिने तयारी गरेका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने हुनाले सो अघि नै राष्ट्रको नाममा सम्बोधन गरेर प्रधानमन्त्री देउवाले राजीनामा गर्ने सोच बनाएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले राजीनामा दिने कि नयाँ सरकार आएपछि स्वतः यो सरकारबाट बाहिरिने भन्ने सम्बन्धमा धेरै छलफलपछि राजीनामा दिनु राम्रो हुने सल्लाह आएकाले आफूले गरेका कार्यको विवरण दिएर जनतासँग बिदा माग्न लागेका हुन् ।  देउवा चौथो पटक जेठ २३, २०७४ मा प्रधानमन्त्री भएका थिए । उनी करिब आठ महिना पदमा रहेर स्थानीय निर्वाचन, प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन गराउन सफल भएका छन् ।
देउवा माओवादी केन्द्र र नेपाली कांग्रेसको तालमेलका आधारमा प्रधानमन्त्री बनेका थिए तर देउवा प्रधानमन्त्री भएको चार महिनामा नै माओवादीले एमालेसँग गठबन्धन बनाएर निर्वाचनमा भाग लिने भन्दै सरकारमा बसेर विपक्षीसँग मिल्न पुगेका थिए । चुनावमा सफलता प्राप्त गरेका कम्युनिस्ट गठबन्धनको सरकार बन्नुअघि नै एमालेका केपी ओलीसँगै सहअध्यक्ष बन्ने अन्तिम तयारीमा जुटेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू पनि ढिलो चाँडो प्रधानमन्त्री बन्ने उद्घोष गरेका छन् ।
मंगलबार भरतपुरमा एक सम्बोधनका क्रममा अध्यक्ष दाहालले एमाले र माओवादीको मिलापको सोचअनुरूपनै आफू पनि प्रधानमन्त्री बन्ने बताएका हुन् । दाहालले माओवादीबाट अलग्गिएर गएका वैद्य र विप्लव समूहलाई पनि एकतामा आउन आग्रहसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.