Breaking News.... EverestOnlineKhabar
June 26, 2026

फेसबुकले प्रयोगकर्ताका बिबरण संकलन गर्नु गैरकानूनी

Loading

एजेन्सी । जमर्नीको एक क्षेत्रीय अदालतले फेसबुकले प्रयोगकर्ताबारेका केही व्यक्तिगत विवरण संकलन गर्नुलाई गैरकानूनी ठहर्याएको छ।
फेसबुकले आफ्ना प्रयोगकर्तामार्फत संकलन गरेको विवरणले व्यक्तिगत गोपनियतामा ख्याल नगरेको, डिफल्ट सेटिङमा पर्याप्त विकल्प नदिएको, च्याटका क्रममा लोकसेन ट्रयाकिङ हुने तथा वास्तविक नाम नै राख्नुपर्ने लगायतका प्रावधानलाई अदालतले गैरकानुनी ठहर गरेको रेउटर्सले जनाएको छ।

रेउटर्सले जमर्नको एक उपभोक्ता अधिकारवादी संस्था, ‘फेडेरेसन अफ जर्मन कन्जुमर अर्गनाइजेसन्स’ लाई उदृत गर्दै सो कुरा युरोपेली युनियनको कानुनसम्मत नभएको बताएको छ।

फेसबुकले भने सो मुद्दा दर्ता गरिएपश्चात सुरक्षाका प्रावधानमा व्यापाक सुधार गरिएको भन्दै सो विरुद्ध पुनरावदेन गर्ने बताएको छ।
तर फेसबुकले आगामी दिनमा कुनै नियम परिवर्तन गर्नुपरे युरोपेली युनियनका कानुनलाई नजरअन्दाज नगरिने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.