![]()
काठमाडौं । महाशिवरात्रिमा प्रतिवन्धित लागूपदार्थ सेवन गरी होहल्ला गर्ने तथा विक्री वितरण गर्ने ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३९ जना गाँजा सेवन गर्ने युवक र २ जना जोगी बाबालाई नियन्त्रणमा लिएको हो । पशुपति क्षेत्रमा भीड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्न कडाइ गरिएको प्रहरीले जनाएको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको नाममा नशालु पदार्थको बिक्री बितरण र सेवा पूर्ण रुपमा निषेध गर्ने जनाएको थियो ।
पशुपति क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी गर्न प्रहरीले ३६ स्थानमा सिसिटिभी क्यामरा समेत जडान गरेको छ।


