Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रतिनिधिसभा समानुपातिक सांसदको नामावली बुधवार भित्र सच्याउन दलहरुलाई निर्वाचन आयोगको पत्राचार

Loading

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सांसदको बन्दसूची सच्याउन दलहरुलाई पत्राचार गरेको छ । आयोगले फागुन २ गते बुधवार साँझसम्ममा सूची सच्याउन आग्रह गर्दै पत्र लेखेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय थपेको हो ।

आयोगले उनीहरुलाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर आयोगमा पेश गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.