Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चलचित्र निर्माता हार्भी वाइन्स्टिनको कम्पनीविरुद्ध मुद्दा दायर

Loading

बीबीसी । न्यूयोर्कका अभियोजनकर्ताहरूले यौन दुर्व्यवहारको अभियोग लागेका हलिवुड चलचित्र निर्माता हार्भी वाइन्स्टिनको कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

वाइन्स्टिनविरुद्ध ७० जना भन्दा बढी महिलाले बलात्कारसहित यौन दुर्व्यवहारको आरोप लगाएका छन्। न्यूयोर्कका महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानका अनुसार वाइन्स्टिन कम्पनीले कर्मचारीहरूलाई शोषण र नराम्रो व्यवहार गरेको पाइएको छ। तर त्यसबारे परेका उजुरीविरुद्ध भने कारबाही चलाउन कम्पनी विफल भएको जनाइएको छ।

वाइन्स्टिनले कम्पनीका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको र केही कर्मचारीलाई मार्नेसम्मको धम्की दिइएको आरोप उक्त मुद्दामा लगाइएको छ। महान्यायाधिवक्ता स्नाइडरम्यानले वाइन्स्टिन कम्पनी विक्रीको प्रस्तावको टुंगो लागेपछि पीडितहरूले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।

वाइन्स्टिन कम्पनीले भने त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। वाइन्स्टिनका वकिल बेन ब्राफम्यानले आफ्ना सेवाग्राहीको कम्पनीमा भेदभाव पटक्कै नभएको बताएका छन्। उनले वाइन्स्टिनको व्यवहार विना गल्तीको नभएको तर उनले कुनै अपराध पनि नगरेको बताए। ब्राफम्यानले वाइन्स्टिनमाथि लागेका सबै आरोपबाट उनले छुटकारा पाउने अनुमान गरे। उनले अन्य कम्पनीका मालिकले भन्दा वाइन्स्टिनले कम्पनीका महत्वपूर्ण कार्यकारी पदहरूमा महिलालाई पुर्याउन मद्दत गरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.