Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध

Loading

बिराटनगर । प्रदेश १ को सभामुखमा एमालेका प्रदीप भण्डारी निर्विरोध चुनिएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा उनी निर्विरोध चयन भएका हुन् ।

सभासद् तुलसीप्रसाद न्यौपानेले प्रदीप भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अर्का सभासद लक्ष्मण तिवारीले समर्थन गरेका थिए।

एकमात्र नाम आएपछि सभाको अध्यक्षता गरिरहेका जेष्ठ सभासद ओम सरावगीले भण्डारीलाई निर्विरोध सभामुख चयन भएको घोषणा गरेका थिए। यसैबीच, एमालेले सरकार गठनका लागि बहुमत भएको जानकारीसहित प्रदेश प्रमुखलाई जानकारी पनि गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.