Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनिस ला लिगा फुटबलःबार्सिलोना बराबरीमा रोकियो

Loading

एजेन्सी,माघ ।
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पाएको मौका सदुपयोग गर्न नसक्दा बार्सिलोनाले बराबरी खेलेको हो ।  बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले गेटाफेको पोष्टमा आधा दर्जन आक्रमण गरेको थियो । तर, बार्सिलोना गोल गर्न भने चुकेको थियो । यता, गेटाफेले पनि केहि गोलको अवसर खेर फालेको थियो ।
यो बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडविरुद्ध ९ अंकको अग्रता बनाउनबाट चुकेको छ । बराबरीपछि लिग लिडर बार्सिलोनाको ५९ अंक छ । एथ्लेटिको मड्रिडको ५२ अंक छ । दशौं स्थानको गेटाफेको ३० अंक छ ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भ्यालेन्सियाले लेभान्टेलाई ३ – १ ले हराएको छ । जितसंगै तेस्रो स्थानको भ्यालेन्सियाले ४३ अंक जोडेको छ । यस्तै सेभियाले जिरुनालाई १ – ० ले हराउदा सेल्टा भिगो र स्पानियोलले २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.