Breaking News.... EverestOnlineKhabar
June 26, 2026

शिवरात्रीः पशुपतिमा डेढ घण्टामै दर्शन गर्न सकिने

Loading

काठमाडौ,माघ ।
शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार लाग्ने मेलाको तयारी पूरा भएको छ । मेलामा एकदेखि डेढ घण्टामा पशुपतिको दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । कोषले यसपटकदेखि पैसा तिरेपछि लाइन नलागि दर्शन गर्न पाइने व्यवस्था हटाएको छ ।
पशुपति दर्शनका लागि जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार बत्तीसपुतली–गौशाला र कोटेश्वर एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान –चार शिवालय –पन्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।
गुहेश्वरीतिरबाट आउने दर्शनार्थीका लागि गौरीघाट –उमाकुण्ड –दक्षिणामूर्ति – रुद्रगाडेश्वर –बासुकीनाथ हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । यस्तै चावहिल तर्फबाट आउनेका लागि सिफल– जयवागेश्वरी –मित्रपार्क, जयवागेश्वरी हुदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम ढोकासँगै प्रहरी प्रहरा गणबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.