Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,माघ ।
भारतीय स्थल सेना प्रमुख विपिन राउत आज नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भनेः‘आर्मी डे कै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’
नेपाल एकीकरण भएको सम्झनामा हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सेना दिवस मनाउने गर्दछ । दिवसको अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शनी तथा बढाइँको विशेष कार्यक्रम हुनेछ ।
दिवसमा भारतीय सेनाध्यक्ष राउतलाई विशेष अतिथिको रुपमा निम्ताइएको हो । उनले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।
भारतीय सेनाध्यक्ष राउत नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत हुन् । नेपाल र भारतले एकअर्का देशको सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको सम्मान दिने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.