Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चितवनमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय महिला भलिबल सुरु

Loading

चितवन । चितवनको पर्यटकीय नगरी पटिहानीमा प्रथम मेयर कप अन्तर्रा्ष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले खेलले विभिन्न देशहरुबीच क्षेत्रीय सम्बन्ध विस्तार र प्रगाढमा उल्लेखनीय सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रतियोगितामा नेपाल, भारत र वंगलादेशका गरी कुल सात टिम सहभागी छन् । आफ्नै सरकारको पालामा भलिबललाई राष्ट्रिय खेल आयोजना गरिएको भन्दै दाहालले यस खेलको महत्व झनै बढ्नेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरकी मेयर रेणु दाहाल, जिल्लाका सुरक्षा निकायका प्रमुख, नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.