Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । सरकारले पुरानो एनालग टेलिभिजन प्रविधिलाई परिवर्तन गरी डिजिटल प्रविधिमा लैजान गरेको निर्णय कार्यान्वयन नहुँदा समस्या भएको छ । गत वैशाख १५ देखि टेलिभिजन डिजिटलाइजेसन प्रक्रिया सुरु भइसकेको भए पनि पछिल्लो समयमा अन्योल बढ्दा व्यवसायी मर्कामा परेका छन्।

डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीका अनुसार टेलिभिजन डिजिटलाइजेसनको प्रक्रियासंगै अरबौंको लगानी भित्रिएको छ । नयाँ कम्पनीले डिजिटल प्रविधिमा आधारित टेलिभिजन प्रसारणका लागि लाइसेन्स लिएर काम पनि थालिसकेका छन्। तर, निर्णय कार्यान्वयन नहुँँदा कतिपय व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन । व्यवसायीमा आफूले गरेको लगानी असुरक्षित हुने हो कि भन्ने चिन्ता छ ।

सञ्चार मन्त्रालयले वैशाख १५ पछि काठमाडौंलगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटलाइजेसनमा जान भनि सीमा अवधि तोकेको थियो । तर, त्यसको अवरोधको रूपमा सर्वोच्चमा मुद्दा परेपछि कार्यान्वयनमा समस्या भएको हो । रिट दायर हुनेबित्तिकै सर्वोच्चले यथास्थितिमा राख्न अन्तरिम आदेश दियो। अर्कोतर्फ सरकारले पनि चुनावको मुखमा केबल बन्द गर्दा मतदाता शिक्षा प्रभावित हुने भन्दै सरकारले नेपाली च्यानलको प्रसारणमा रोक नलगाउन निर्देशन दियो।

टेलिभिजनको डिजिटलाइजेसन विरुद्धको यो मुद्धा सर्वोच्चमा विचाराधीन रहेकाले तोकिएको समयमा यसको कार्यान्वयन कठिन हुन सक्ने संचार मन्त्रालयले समेत स्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.