Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिरियामा इजरायलको आक्रमणपछि अमेरिका र रूस चिन्तित

Loading

बीबीसी । इजरायलले सिरियामा आफूले गरेको हवाई हमलालाई ३० वर्षयताकै सम्भवतः सबैभन्दा ठूलो हमला भएको जनाएको छ ।
इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमासकस नजिकैका सैन्य अखडा हवाई हमलाको निशानामा परेको जानकारी दिए । उनले भने, “हामीले खासगरी १२ वटा फरक निशाना बनाएका थियौं, त्यसमध्ये ८ वटा इजरेली विमानलाई गोली हान्ने सिरियाली सैन्य अखडा नै हुन्।“

इजरेलको हवाई हमलाको निशानामा १२ सैन्य अखडा रहेका छन् जसमध्ये ४ वटा इरानी अखडामा निशानामा पारेको क्षेत्र रहेको बताइएको छ।

सिरियाले शनिवार गोली हानी इजरेली लडाकु विमान खसालेपछि इजरायाल आक्रमणमा उत्रिएको हो । इजरेलको यी पछिल्ला हमला सन् १९८२ मा लेबनानी युद्धका बेला भएको हमलापछिको सबैभन्दा महत्वपूर्ण भएको इजरेलको हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारले बताए ।

अमेरिका र रूसले सीमा क्षेत्रमा भएको हिंसा बढेसँगै आफूहरूको चिन्ता बढेको प्रतिक्रिया दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.