Breaking News.... EverestOnlineKhabar
August 15, 2026

सरकारले मानार्थ सहायक रथीको दर्जा दिएपछि राष्ट्रकवि घिमिरेद्वारा खुशी व्यक्त

Loading

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गर्नुभएको छ ।

सरकारले शुक्रबार राष्ट्रकवि घिमिरेलाई सेनाको मानार्थ सहायक रथीको दर्जा दिने निर्णय गरेको थियो । कवि घिमिरेले नेपाली सेना देशको अनुशासनमा रहेको एक मात्र संस्था भएको उल्लेख गर्दै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा ‘राष्ट्रकवि हल’ बनाउने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed