Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सिरियामा मानविय कुटनीति बिफल, द्वन्द्व रोकिएन

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा सिरियाका लागि क्षेत्रीय मानवीय संयोजक पानोस मुम्ट्सिसले सिरियामा मानवीय कूटनीति पूर्ण रूपमा विफल भएको बताएका छन्।

राजधानी दमासकस नजिकैको पूर्वी गुटाबारे बोल्दै उनले त्यहाँको अवस्था निकै नाजुक रहेको बताएका हुन्। विद्रोही नियन्त्रित उक्त क्षेत्रलाई सिरियाली युद्ध विमानहरूले निशाना बनाइरहेका छन्। उक्त लडाइँ अन्त्य गर्न पटकपटक आह्वान गरिए पनि पूर्वी गुटा क्षेत्र घेराबन्दीमा छ।

त्यहाँ खाद्यान्न, पानी र औषधी उपचारसम्बन्धी सामाग्रीको अभाव बढ्दै गएको छ । दुई महिनायता उक्त क्षेत्रमा कुनै पनि मानवीय सहायता सामाग्री पुगेको छैन। मुम्ट्सिसले ७ सय मानिसहरूलाई औषधी उपचारका लागि तत्काल त्यहाँबाट अन्यत्र लैजानुपर्ने अवस्था रहेको बताएका छन्।

सरकारको हवाइ आक्रमणका क्रममा कम्तीमा दुई सय मानिसहरूको ज्यान गएको छ। उक्त क्षेत्रमा करिब ४ लाख मानिसहरू फसिरहेको अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed