Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पश्चिमा मुलुकका बन्धकको शीरच्छेदनमा संलग्न आईएसका दुई खतरनाक हत्यारा पक्राउ

Loading

एजेन्सी,माघ ।
इस्लामिक स्टेट (आईएस) मा आवद्ध रहेर मानिसहरुको शीरच्छेदनमा संलग्न रहेका दुई ब्रिटेनी सदस्यलाई नियन्त्रणमा लिइएको अमेरिकी अधिकारीहरुले दावी गरेका छन् । तर ब्रिटेनको विदेश विभागले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।
ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ । उनीहरुको ग्याङ्गमा चार सदस्य रहेको बताइन्छ । लण्डन निवासी उनीहरुले आफ्नो ग्याङ्गको नाम ‘बीटल्स’ राखेका थिए ।
यिनीहरुले नै पश्चिमा देशका २७ भन्दा बढी बन्धकको शीर काटेर हत्या गर्नुका साथै चरम यातना दिएका थिए । यस समूहको मास्टरमाण्ड भने मोहम्मद एम्वाजी रहेको र उनलाई ‘जिहादी जोन’ नामले पनि चिनिने जनाइएको छ । जिहादी जोन भने सिरियामा सन् २०१५ मा भएको हमलामा मारिएका थिए ।
यस समूहका अन्य एक संदिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा पक्राउ गरी जेलमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.