Breaking News.... EverestOnlineKhabar
October 3, 2026

विश्व क्रिकेट लिगः नेपाल र नामिविया भिड्दै

Loading

काठमाडौ,माघ ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो । यसपटक पनि प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्य छ ।
नेपालसँगै आयोजक नामिविया, युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन् । त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टु मा बढुवा भएका हुन् । ६ टोलीले भाग लिएको यो प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ । नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed