Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दूध बोकेको ट्यांकर त्रिशूलीमा खस्यो, दुई जनाको मृत्यु

Loading

चितवन,माघ ।
नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा आज बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएर दूध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट पोखरा जाँदै गरेको बा४ख ६९५३ नम्बरको दूध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना७ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकबाट एकसय मिटर तल त्रिशूली नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको चितवन प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्यांकर चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो । मृतकमध्ये चालक नवलपरासीका सन्तकुमार कुमालको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सई प्रभुप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.