Breaking News.... EverestOnlineKhabar
June 26, 2026

जर्मनीमा गठबन्धन सरकार बनाउने दुई पार्टीबीच सहमति

Loading

एजेन्सी,माघ ।
जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति भएको छ ।जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयू—सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो । यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू÷सीएसयू पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य भएको छ ।
निर्वाचन भएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको थिएन । अब सहमति भएसँगै केही दिनमै जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने भएको छ । दुई पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ ।
एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । जर्मनीका सञ्चारमाध्यमहरुले एसपीडीका नेता तथा युरोपेली संसद्का पूर्वअध्यक्षसमेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.