![]()
काठमाडौ,माघ ।
नेकपा एमालेका बरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताउनुभएको छ । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै उहाँले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने जिकिर गर्नुभयो ।
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएपनि एमाले बृत्तमा थप तरड्ग उत्पन्न भएको छ ।
उहाँले अगाडी भन्नुभयोः‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’
एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने दृढता व्यक्त गर्नुभयो ।
विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त छन् ।


