Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राष्ट्रपति भण्डारीद्वारा धुर्मुस सुन्तली फाउण्डेसनबाट निर्मित सन्तपुर एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

Loading

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्ती समुदायलाई हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका  सन्तपुरमा निर्मित नमूना बस्ती हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई हस्तान्तरण गर्नुभयो । समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको धारणा व्यक्त गर्नुभयो । देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेको उहाँले बताउनुभयो । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गरी विकासमा ध्यान दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको धारणा राख्नुभयो । कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गर्नुभयो ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बस्ती निर्माण सबै सहयोगी हातबाट सम्भव भएको बताउनुभयो ।

कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण गरिएको हो । करिब रु पाँच करोड २४ लाखको लागतमा बस्ती निर्माण गरिएको बताइएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed