Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रोहिङ्गाका थप पाँच सामुहिक चिहान म्यानमार सरकारद्वारा अस्वीकार

Loading

एजेन्सी,माघ ।
समाचार एजेन्सी एपीले दर्जनौँ जीवित रोहिङ्गा शरणार्थीहरुसँगको अन्तर्वार्ता, बयान र भिडियो प्रमाणका आधारमा म्यानमारमा थप पाँच सामूहिक शवहरु रहेकोे खबर सार्वजनिक गराएको थियो । तर उक्त खबरलाई गलत ठहर गर्दै म्यानमार सरकारले भने फेला परेका १९ मृतक आतङ्कवादी भएको दाबी गरेको छ ।
राखिनेको गुदरपीन गाउँमा फेला पारिएको सामूहिक चिहानबारे यसअघि म्यानमारले कुनै जानकारी दिएको थिएन । म्यानमार सरकारको सूचना समितिले दिएको बयानमा सरकारी अधिकारीहरुले घटनास्थलमै गएर निरीक्षण गर्दा पनि केही फेला नपरेकाले सो खबर गलत रहेको बताएको हो । यसबाहेक भेटिएका १९ शवबारे भने उनीहरुले ती सबै आतङ्ककारी भएकाले पुलिससँगको झडपमा उनीहरु मारिएको दाबी गरेको छ ।
उता २४ जना भन्दा बढी पीडित जातिसँगको अन्र्तवार्ता र भिडियोबाट भने यो खबर साँचो रहेकोे प्रमाणित भइसकेको बताइएको छ । त्यस्तै स्याटलाइटबाट लिइएको तस्बिरमा समेत एउटा सिङ्गो गाउँ नै विनाश भएको देखिएकाले अझै थुप्रै शव फेला पर्न बाँकी नै रहेको खबरमा उल्लेख गरिएको छ । शरणार्थी शिविरमा रहेका स्थानीयहरुले पनि सो गाउँबाट मात्र ४०० जना भन्दा बढी मानिस मारिएको दाबी गर्दै आएका छन् । तर उक्त गाउँबाट अहिलेसम्म १० जना मात्र मारिएको सुरक्षाकर्मीहरुले खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed