Breaking News.... EverestOnlineKhabar
June 26, 2026

माल्दिभ्समा १५ दिने संकटकाल घोषणा, पूर्वराष्ट्रपति पक्राउ गरिएको आरोप

Loading

माले,माघ ।
माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले सरकारी टेलिभिजनमार्फत् आपतकालीन अवस्था घोषणा भएको जानकारी दिएका हुन् । राष्ट्रपति यामीनले पनि ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको छ । राष्ट्रपति यामिनले आपतकालीन अवस्थामा केही अधिकारको कटौती गरिए पनि सामान्य काम गर्न, व्यापार व्यवसाय गर्न भने कुनै असर नपर्ने स्पष्ट पारेका छन् ।
उनले देशका सबै नागरिक र माल्दिभ्सभित्र रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित हुनेसमेत बताएका छन् ।राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरेलगत्तै सुरक्षाकर्मीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । गत शुक्रबार देशको सर्वोच्च अदालतले केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले त्यसलाई असंवैधािनक भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed