Breaking News.... EverestOnlineKhabar
June 26, 2026

टेलिकम १५ औं वर्षमाः फोरजी सेवा देशभर विस्तार गर्ने….

Loading

काठमाडौ,माघ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले सोमबार वार्षिकोत्सव मनाउँदैछ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्ला दिनहरुमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ ।
टेलिकमले सबै जिल्लामा आफ्ना सेवा विस्तार गरिसकेको छ । गएको वर्षदेखि टेलिकमले जीएसएमअन्तर्गत देशमै पहिलो फोरजी सेवा सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौं र पोखरामा सञ्चालित फोरजी सेवालाई छिटै देशका सबै ठाउँमा विस्तार गर्ने टेलिकमको लक्ष्य छ ।
विश्वसँगको सम्बन्धलाई इन्टरनेटमार्फत जोड्ने काम अब भारतका साथसाथै चीनबाट समेत सम्भाव भएको छ । केही दिनअघि मात्र यसको औपचारिक सुरुवात भएको हो ।
जीएसएम मोबाइलका ग्राहक एक करोड ६२ लाख २५ हजार, सीडीएमए सेवाका १६ लाख ५० हजार तथा पीएसटीएन सेवाका ग्राहक ६ लाख ८२ हजार रहेका टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.