![]()
काठमाडौ,माघ ।
हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मदनकृष्ण अभिनित‘भोकले कोही नमरोस्..’ बोलको स्वदेशमुलक गीतको भिडियो सार्वजनिक गरिएको हो ।
श्यामराज दाहालको स्वर रहेको गीतका शब्द गीतकार दिनेश अधिकारीले लेखेका हुन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस् भन्ने भावलाई व्यक्त गरेको छ ।
कृष्ण आचार्यले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन रहेको छ ।


