![]()
एजेन्सी,माघ ।
परमाणु विवादका कारण दुई कोरियाबीच तनाव जारी रहेकै बेला उत्तर कोरियाले उच्च तहका नेतालाई दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । उत्तर कोरियाका राष्ट्रपति किम जोन उनले आफ्ना देशका उच्च तहका नेता किम योङ नामलाई दक्षिण कोरिया पठाउने निर्णय गरेका हुन् ।
दक्षिण कोरियामा हुन लागेको शीतकालिन ओलम्पिकको पूर्वसन्ध्यामा किम योङ नामलाई दक्षिण कोरिया पठाई दुई देशबीचको सम्बन्ध सुधारको प्रयास गर्न लागिएको हो । किम योङ नामको भ्रमण दलमा अन्य २२ जना उत्तर कोरियाली प्रतिनिधी पनि रहने छन् । नाम चार वर्षअघि पनि दक्षिण कोरिया पुगेका थिए । भ्रमणका क्रममा दक्षिण कोरियाका प्रतिनिधीसँग भेट गरी दुई देशबीचको सम्बन्ध बिस्तारको पहल गर्ने अपेक्षा उत्तर कोरियाको छ ।
कुटनीतिक रुपमा निकै नै प्रभावशाली नेता मानिएका नेता नामले यसअघी पनि दुर्ई कोरियाबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । किम योङ नाम दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा दुई कोरियाका एथलेट्सहरुले संयुक्त रुपमा झन्डोत्तोलन गर्नेछन् ।


