![]()
काठमाडौं । रूक्मशम्शेर राणा नेतृत्वको नेपाल ओलम्पिक कमिटीले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै ओलम्पिक कमिटीका सम्पूर्ण सामान फिर्ता गर्न जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीलाई आग्रह गरेको छ ।
नेपाल ओलम्पिक कमिटीको भवनबाहिर पत्रकार सम्मेलन गर्दै राणा नेतृत्वको कमिटीले ६ बुँदे पे्रस विज्ञप्ति जारी गरेको छ । सर्वोच्च अदालतको फैसलापछि अब नेपालमा एउटैमात्र ओलम्पिक कमिटी रहेकाले अब आफूहरुले गतिविधि गर्ने जानकारी पनि दिएको छ ।
अदालतको फैसलासँगै नेपालमा एकमात्र आधिकारिक ओलम्पिक कमिटी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएका सबै खेलहरूलाई रुक्मशमशेर राणा अध्यक्ष रहेको कमिटीसँग सहकार्य गर्न अपिल पनि गरिएको छ । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालय, राखेप, अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसीए) लाई सहयोग तथा सहकार्यका लागि अनुरोध गरेको छ ।
अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त जीवनराम श्रेष्ठको नेतृत्वले भोगचलन गर्दै आएको सामान, गाडी, नगद तथा अफिसियल फाइल हस्तान्तरण गर्न पनि आग्रह गरिएको छ । राण्षाले १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि आफैले गर्ने दाबी गरे ।
कार्यवाहक अध्यक्ष किशोर बहादुरसिंहले गएको पुस १८ गते अदालतले सबै रिट खारेज गरेको तर जीवनराम श्रेष्ठ पक्षले कानुनको कुनै पालना नगरी अदालतको अवहेलना गरेको आरोप लगाए ।


