Breaking News.... EverestOnlineKhabar
June 24, 2026

इरानको तेहरानमा पूर्व प्रधानमन्त्री खनालले भने–‘नेपाल शान्ति, स्थायीत्व र समृद्धिको युगमा प्रवेश’

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ सरकार निर्माणसंगै अब नेपाल शान्ति, स्थायीत्व र समृद्धिको युगमा प्रवेश गर्ने बताउनु भएको छ । इरानको तेहरानमा शनिवारबाट सुरु एसियाली राजनीतिक पार्टीहरुको सम्मेलन (आइक्याप) स्टान्डिङ कमिटीको २९ बैठक र सिल्क रोड सम्बन्धि विशेष सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

बैठकमा नेता खनालले नेपालको विकसित राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्दै वामएकता र चुनावको नयाँ परिणामले अव नेपालमा राजनीतिक स्थायित्व भई नेपालशान्ति, स्थायीत्व र समृद्धिको बाटोमा लम्कने बताउनु भयो ।  उहाँले आइक्यापको युवाविङको सम्मेलन यो वर्ष नेपालमा गर्न प्रस्ताव गर्नु भयो ।

नेकपा एमालेले आइक्याप सचिवालयसँग सम्वादमा रही यो सम्मेलन नेपालमा गर्ने बारेमा एक महिनाभित्र टुङ्गा्याउने सहमति पनि भएको छ । बैठकले तेहरान घोषणापत्र पनि सर्वसम्मतले पारित गरेको छ । बैठकको अध्यक्षता आइक्यापका अध्यक्ष जोसेडे भेनिसियाले गर्नु भएको थियो भने विषयवस्तुहरु महासचिव पार्कले प्रस्तुतगर्नु भएको थियो ।

खनालसँग चिनियाप्रतिनिधी मण्डलका नेता तथा विदेश विभागका उपप्रमुखमा सुसोङले भेटवार्ता गर्नु भयो । बैठकमा नेपाल र चीनबीचदुइपक्षीय पार्टी सम्बन्धका विषयमा वृस्तित रुपमा छलफल भएको थियो ।

आइक्याप बैठक र सेमिनारमा नेकपा एमालेका वरिस्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, खनालका विदेश मामला सहयागी योगेन्द्र शाही र नेपालकालागि इरानीकन्सुलर नरेश श्रेष्ठले पनि भागलिनु भएको खनालका स्बकिय सचिब कृष्ण भटराईले जानकारी दिनुभयो ।

सम्मेलनमा मागाफूर फार्डले आइक्याप र सिल्क रोड सेमिनारमा उपस्थित भएका सम्पूर्ण नेताहरुलाई स्वागत गर्नु भएको थियो । आईक्यापका अध्यक्ष जोसेडे भेनिसियाले मूख्यबक्ताका रुपमा मध्यपूर्वमा स्यायी शान्तिका लागि सिया र सुन्नि समुदायबीचको एकताआवश्यक रहेको कुरा औल्याउनु भयो । उहाँले इरानको न्यूकिलियर समस्या समाधानार्थ अमेरिका, युरोप, रसिया, चीन र इरान बीच भएको समझदारी अगि बढाउनु पर्ने कुरा जोड दिनु भयो ।

कार्यक्रमको उद्घाटन समारोहमा अध्यक्ष मण्डलमा आइक्यापका अध्यक्ष जोसे डे भनेसिया, आइक्यापका नवनयुक्त महासचिव पार्क रोयुग,इरानकापूर्व उपराष्ट्रपति गाफुर फार्ड, नेकपा एमालेका तर्फबाट आइक्याप स्थायी कमिटी सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनु भएको थियो ।

उद्घाटन समारोह पश्चात् मध्य पूर्वमा अतिवाद र आंतकवादको समस्या र यसको समाधानकालागि राजनीति पार्टीहरुको भूमिका र सिल्क रोडमा दिगो सहरी विकास विषयक दुइवटा छुट्टाछुट्टै सेसनहरु सम्पन्न भएका थिए । ती शत्रमा इरानी नेताहरुले आतंकवाद मध्यपूर्वका ठूलो समस्याका रुपमा खडा भएको कुरा औल्याए भने न्याय स्थापित गर्न सक्दा मात्र शान्तिका सुनिश्चितता हुने घारणामा जोड दिए ।
कार्यक्रममा विशेष बक्ताका रुपमा इरानकाविदेश मन्त्रीमोहम्मद जाभाड जारिफ र प्रभावशाली धार्मिक थिंक ट्याङ्कका नेता आयातुल्ला अराकीले मध्यपूर्वको अवस्थाबारे प्रकाशपार्नु भएको थियो ।

एसियाका राजनीतिक पार्टी र इरानका नेता तथा विज्ञहरुले दीगो शहरी विकासका लागि वातावरण, आर्थिक उत्पादन र सामाजिक तथा सांस्कृतिक तत्वहरुलाई सन्तुलनमा राखेर मात्र दीगो विकास अघि बढ्ने घारणा अघि सारेका थिए ।

कार्यक्रममा भारतबाट विजयजोली, दक्षिण कोरियाबाट डा. लिहाइहुन, इरानकी रेजातागावी, क्याम्बोडियाबाट सुसियारालगायतका नेता तथा विज्ञहरुले आफ्नो घारणा राखेका थिए ।

आजै साझ आइक्यापको २९ औ स्थायी कमिटीको बैठक पनि सम्पन्नभएको छ । बैठकले हाल सम्मभएका आइक्याप गतिविधिको समिक्षा गर्नुका साथै आगामी कार्यक्रमहरु गर्ने विषयमा विशेष निर्णयहरु गरेको छ ।्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed