Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,माघ ।
प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ । बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी राजधानी पुगिसकेका छन् । चारवटै प्रदेशको बैठकको कार्यसूची पनि निर्धारण गरिसकिएको छ । बैठकको सुरुमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गर्ने कार्यसूची छ । त्यसपछि अन्तरिम प्रदेशसभा सञ्चालक कार्यविधि पारित गर्ने र सभामुखको निर्वाचनको मिति तोक्ने बैठकको मुख्य कार्यसूची छ ।
प्रदेश २ को प्रदेशसभा बैठकको अध्यक्ष जेष्ठ सांसद लगनलाल चौधरीले गर्नेछन् । सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधानअनुसार ७५ वर्षीय चौधरीले आइतबारको बैठकको अध्यक्षता गर्ने भएका हुन् । प्रदेशसभाले नयाँ सभामुख चयन नगरेसम्म प्रदेशसभा चलाउने जिम्मा उनैको हुनेछ ।
मधेस केन्द्रित दलको बाहुल्य रहेको प्रदेश २ मा मर्यादापालकलाई दौरा सुरुवाल निषेध गरिएको छ । सांसदहरुले सुविधाअनुसारको पोशाक लगाउने छन् । १९ माघमा भएको सपथ ग्रहण कार्यक्रममा ४७ जनाले मैथिली, २५ जनाले भोजपुरी, २४ जनाले नेपाली र ११ जनाले हिन्दीमा शपथ लिएका थिए ।
बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक कक्षभित्र पनि ३० जना मर्यादापालकलाई खटाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed