![]()
बीबीसी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा तालिवानको अखडालाई लक्ष्य गरी सेनाले कारबाहीमा कम्तीमा २५ आतङ्ककारी मारिएका छन् ।
गत २४ घण्टायता यो कारबाही जारी रहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । कारबाहीमा कुख्यात तालिवान कमाण्डर मवलावी युसुफसहित चार कमाण्डर मारिएका छन् । हालसम्म २५ आतंककारी मारिएको यकिन भएपछि मृतकको संख्या अझै बढन सक्ने जनाइएको छ ।
यो इलाकामा शान्ति नभएसम्म तालिवानविरुद्ध सुरक्षा कारबाही जारी रहने प्रहरी प्रवक्तले जानकारी दिएका छन् । तालिवान समूहले भने कुनै प्रतिक्रिया दिएको छैन ।


