![]()
काठमाडौं । नेकपा (एमाले)ले अब बन्ने नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र) सहित संघीय समाजवादी फोरमलाई पनि समेटेर लैजाने गृहकार्य थालेको छ ।
एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले उपेन्द्र यादव नेतृत्वको फोरमलाइ पनि समेटेर लैजान पहल थालेको हो ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले यो पहलले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गरे । प्रदेश नम्बर २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा उहाँहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद भएको उनले पुष्टि गरे । यो विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको समेत उनले बताए ।


