![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेस गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
संयुक्त वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर–२ ले थलीमा आयोजना गरेको बधाइ तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता नेपालले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुने बताए । उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्ने भएकाले परिणाम सार्वजनिक गर्न आयोगलाई आग्रह गरे ।
नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरेको आरोपसमेत लगाए । उनले संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै राष्ट्रियसभा बहुमतीय प्रणाली नै उत्तम रहेको जिकीर गरे ।


