Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जेलमा रहेका पेरुका पूर्वराष्ट्रपति फुजीमोरीलाई स्वास्थ्यका कारण क्षमादान, राजधानी लिमामा बिरोध प्रदर्शन

Loading

बिबिसि । पेरुका राष्ट्रपति पेड्रो पाब्लोले विभिन्न अभियोग लागेका पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरीलाई स्वास्थ्यको कारण क्षमादान दिएका छन् ।
राष्ट्रपतिको यो निर्णयपछि राजधानी लिमामा विरोध प्रदर्शन भएको छ भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

२५ वर्ष शासन गरेका फुजीमोरीले मानवअघिकार उल्लंघन र भ्रष्टाचार गरेको ठहर भएको थियो । उनले २५ वर्षको जेल सजाय काटिरहेका थिए । गत शनिवारमात्र अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

राष्ट्रपति पाब्लोले गतहप्ता आफूमाथिको महाअभियोग रोक्न फुजीमोरीलाई क्षमादान नदिने गरी आफ्नै पार्टीमा सहमति गरेका थिए । ७९ वर्षीय फुजीमोरी सन् २००७ मा सत्ताको दुरुपयोग गरेको आरोपमा ६ वर्षको जेल सजाय पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed