Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कालिकोटमा पुनः अनिश्चितकालिन कर्फ्‍यू

Loading

कालिकोट । कालिकोटमा आइतबार बिहानबाट पुनः पुनः अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । शनिबार बेलुका तीन बजेदेखि जारी गरिएको कर्फ्यु दुई घण्टाका लागि हटाइएपनि बिहानबाट पुनः सुरु गरिएको हो । सर्वसाधारण र म्यादी प्रहरीले विभिन्न माग राख्दै प्रदर्शन जारी राखेसँगै स्थानीय प्रशासनले फेरी कर्फ्यू जारी राखेको हो ।

घटनामा संलग्न प्रहरीलाई कारवाही गरिनुपर्ने, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राख्दै शनिबारदेखि प्रदर्शन जारी छ ।

मन्त्रिपरिषदले मृतकलाई शहिद घोषणा नगरेसम्म प्रदर्शन जारी राख्ने म्यादी प्रहरीहरुको भनाइ छ । कालिकोटबाट सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी विबेक ऐडीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed