Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष यादवले सरकारले पेश गरेको अध्यादेश रोक्दा गलत सन्देश जाने भन्दै त्यसलाई प्रमाणिकरण गर्न सुझाव दिएका हुन ।

सकारकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने र परम्परा पनि त्यस्तो नभएकाले कुनै पार्टीको दवावमा त्यसो गरिए नराम्रो सन्देश जाने यादवले स्पष्ट शब्दमा बताएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले अध्यादेशमा दलहरुले सहमति जुटाए त्यसको झन राम्रो सन्देश जाने भएकाले सहमतिमै जोड दिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed