Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बिहारका पूर्व मुख्यमन्त्री लालु यादव भ्रष्टाचारी ठहर, अदालतबाटै पक्राउ गरी जेल चलान

Loading

एजेन्सी । भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारी ठहर भएपछि जेल चलान भएका छन । भारतको सीबीआइको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोष को ८५ लाख रुपैयाँ भ्रष्टाचार काण्डमा उसनलाई दोषी ठहर गरेको हो। चारो खरिदमा यादवले भ्रष्टाचार गरेको बिषयमा लामो अनुसन्धान भएको थियो । अदालतले दोषी ठहर गरे लगत्तै प्रहरीले यादवलाई अदालतबाटै पक्राउ गरेको छ । यो काण्डमा यादवसहित १५ जनालाई दोषी देखिएका छन् ।

अदालतमा मुद्दा परेपछि यादवले बिहारको मुख्यमन्त्री र वित्त मन्त्री हुँदाका आफ्ना सबै फाइल कब्जामा राखेका थिए । यो मुद्दामा बिहारकै पूर्व मुख्यमन्त्री जगनाथ मिश्रसहित १९ जना मुछिएका थिए । अदालतले पूर्व मुख्यमन्त्री मिश्रसहित केही व्यक्तिलाई भने सफाइ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed