Breaking News.... EverestOnlineKhabar
June 25, 2026

‘टाइगर जिन्दा हे’ संसारभर हाउसफुल, सलमान र कटरिना दंग

Loading

एजेन्सी । सलमान खान अभिनित हिन्दी फिल्म ‘टाइगर जिन्दा हे’ ले राम्रो ब्यापार गर्ने स्पष्ट संकेत देखाएको छ । फिल्म हलमा दर्शकको ओइरो लागेपछि ट्युबलाइटबाट निराश भएका सलमानलाई पनि राहत पुगेको छ । खान र कटरिना कैफको मुख्य अभिनय रहेको यो फिल्म हेर्न दर्शकको ताँती लागेको छ ।

भारतीय संचार माध्यमका अनुसार ‘टाइगर जिन्दा हे’ ले प्रदर्शनको पहिलो दिनमै बक्स अफिसमा मात्रै ३८ करोड रुपैयाँ कमाएको छ । बिश्वभरको अवस्था हेर्दा ६५ करोड भन्दा बढी कमाएको छ । ‘टाइगर जिन्दा हे’ बलिउडमा प्रदर्शनको पहिलो दिनमै यति धेरै पैसा कमाउने पहिलो फिल्म बनेको छ । यसअघि फिल्म ‘गोलमाल अगेन’ ले पहिलो दिन करिब ३१ करोड कमाइ गरेको थियो ।

भारत लगायत भारत बाहिर ‘टाइगर जिन्दा हे’ को ओपनिङलाई शानदार मानिएको छ । नेपालका प्रायः सबै हलमा यो फिल्म लागेको छ । यो फिल्मले धेरै रकेर्ड तोडने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed