Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भारतको राजस्थानमा १६ बर्षीय सहचालकले चलाएको बस पुलबाट बस खस्यो, ३२ जनाको मृत्यु

Loading

बिबिसि । भारतको राजस्थानमा एउटा नदीको पुलबाट बस खस्दा ३२ जनाको मृत्यु भएको छ । मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा बस खसे हो ।

१६ बर्षीय सहचालकले बस तीव्र गतिमा चलाएको र नियन्त्रण गुमाएर तीन मिटर माथिबाट नदीमा खसेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

बसमा ५० जना यात्रु थिए । उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed