![]()
भैरहवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको पार्टी एकीकरणबारे पार्टीमा दुइ चार जनाले असन्तुष्टि जनाउँदैमा फरक नपर्ने बताएका छन । भैरहवामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एकताको बिरोध नगरी एकतामा बल पु¥याउन आग्रह समेत गरे । उनले भने,‘ विरोध गर्नेहरु अब छुट्छन् । विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ, त्यो भनेको पार्टी एकता हो । ’
“को नेताले के भने, त्यसको पछि नलाग्नुस् । एमाले माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस । “ दाहालले भने ।
एक दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने भन्दै उनले शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेको दाबी गरे ।
सो अवसरमा अध्यक्ष दाहाल र कपिलबस्तुबाट चुनाव जितेका चन्द्रपाणी खनाल बलदेवलाई सम्मान गरिएको थियो ।


