Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इपिएल क्रिकेटमा लगातार चौथो जित निकाल्दै बिराटनगर वारियर्स लिगको शीर्ष स्थानमा

Loading

काठमाडौं । काठमाडौंमा जारी इपिएल क्रिकेटमा विराटनगर वारिवर्सले लगातार चौथो जित निकालेको छ । शनिबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले चौथो जित निकालेको हो ।

कीर्तिपुरस्थित मैदानमा विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याएको भैरहवाले १८ ओभर ३ बलमा अलआउट हुँदै ११४ रन मात्र जोड्न सक्यो । भैरहवाका लागि प्रदीप एरी र हरिशंकर साहले समान १८ – १८ रन जोडे । विराटनगरका अविनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४९ रन बनाएको थियो । विराटनगरका लागि अंशुमान रथले ५७ रनको योगदान गरे । भैरहवाका हरिशंकर साहले ३ तथा आरिफ शेखले २ विकेट लिए ।

यो जितसँगै विराटनगर ४ खेलबाट ८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed