![]()
एजेन्सी,पौष ।
क्याटालोनियामा भएको मध्यावधिक चुनावमा स्पेनबाट स्वतन्त्र हुने पक्षमा रहेका पार्टीले बहुमत सिट जितेका छन् । स्पेनको स्वायत्त राज्य क्याटालोनियाको संसदका लागि भएको मध्यावधिक चुनावमा स्पेनबाट अलग हुने पक्षमा रहेका पार्टीहरुको गठबन्धनले एक सय ३५ सिटको संसदमा ७० सिट जितेका छन् । द प्रो–इनडिपेनडेन्स पार्टिज टुग्यादर फर क्याटालोनिया (जेएक्सक्याट), रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया (इआरसी) र पपुर युनिटी (सियुपी) ले गरी ७० सिटी जितेका हुन्, यो संसदमा स्पष्ट बहुमत हो ।
एकै पार्टीमा धेरै सिटी जित्ने दल भने स्वायत्त राज्यको रुपमा क्याटालोनिया स्पेनमै रहनु पर्ने पक्षमा रहेको सिटिजन्स पार्टी रहेको छ । सिटिजन्स पार्टीले ३७ सिट जितेको छ । यसले गर्दा क्याटालोनियामा सरकार बनाउनका लागि पहिलो प्राथमिकता सिटिजन्स पार्टीले नै पाउने छ, यदी उसले अरु पार्टीसँग गठबन्धन बनाउन सक्यो भने । तर क्याटालोनियाको स्वतन्त्रताको पक्षमा रहेका पार्टीले गठबन्धन बनाएकोले सरकार उनीहरुले नै बनाउने सम्भावना छ । गएको अक्टोबरमा भएको जनमतसंग्रहमा क्याटालोनियाको स्वतन्त्रताको पक्षमा मतदान भएको थियो । यो जनमतसंग्रहलाई स्पेनको केन्द्र सरकार तथा संवैधानिक अदालतले अवैध घोषणा गरेको थियो ।


