Breaking News.... EverestOnlineKhabar
June 25, 2026

को–को बन्दैछन् माओवादी केन्द्रबाट समानुपातिक सांसद ?(नामसहित)

Loading

काठमाडौ,पौष ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट जितेको छ । प्रत्यक्षमा दोस्रो दल बने पनि समानुपातिकमा भने माओवादीले कम भोट पाएका कारण प्रतिनिधसभामा ५३ सिटसहित तेस्रो ठूला दल बनेको छ । एक सय २१ सिट जितेर एमाले पहिलो दल बनेको छ भने ६३ सिट जितेर नेपाली कांग्रेस दोस्रो ठूलो दल भएको छ ।
माओवादीले केन्द्रले समानुपातिकबाट पाएको १७ मध्ये कम्तिमा १५ सिट महिलाका लागि छुट्याउनु पर्ने भएको छ । दलले जितेको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण माओवादीका ५३ जना सांसद मध्ये न्युनतम १८ जना महिला हुनैपर्छ । प्रत्यक्षतर्फबाट ३ जना महिलाले जितेकाले अब माओवादीले समानुपातिकको १७ जनामध्ये १५ जना महिला पठाउनुपर्छ । माओवादीका पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट चुनाव जितेका छन् ।
बन्द सूचिको क्रमसंख्या र क्लस्टरलाई दिएको प्रतिशत तलमाथि नहुने गरी सांसद छनौट गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यी हुन् माओवादीमा समानुपातिकबाट सांसद बन्नेहरु–
खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातीको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान रहेका छन् ।
माओवादीले समानुपातिकबाट छनौट गर्ने १५ जना महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ । आयोगमा बुझाइएको बन्द सूचीअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।
त्यस्तै आदिवासी जनजाती क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । ओनसरी घर्तीमगर निवर्तमान सभामुख हुन् । त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउन पाउने भएको छ । जसले गर्दा बन्द सूचिको पहिलो नम्बरमा रहेकी अञ्जना विशखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विकले सांसद बन्ने अवसर पाउनेछन् । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् । थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचिकी चाँदतारा कुमारी सांसद बन्नेछिन् । त्यस्तै माओवादीको पीछडिएको क्षेत्रबाट बन्द सूचिभित्रैबाट एकजना महिलालाई छनौट गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed